सङ्खुवासभामा कोरोना विरुद्धको बुस्टर खोप अभियान सुरु

सङ्खुवासभा । सङ्खुवासभामा कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु भएको छ । आइतबारबाट कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु गरिएको हो । बुस्टर खोप अभियानका क्रममा खोप लगाउन छुटेका १२ वर्षदेखि माथिका सबैलाई पहिलो र दोस्रो मात्रा लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
बुस्टर खोप अभियानको पहिलो चरणमा २० हजारभन्दा बढीलाई कोरोना भाइरसविरुद्धको बुस्टर खोप लगाइने छ । कोरोना भाइरसविरुद्धको बुस्टर अभियानमा १० स्थानीय तहका २० हजार एक सय ६० जनालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रोशन श्रेष्ठले जानकारी दिए । जिल्लाका १२ वर्ष माथिका एक लाख २० हजार जनालाई बुस्टर खोप लगाउने लक्ष्य राखिएको उनले बताए ।
बुस्टर खोप अभियान यही भदौ १७ गतेदेखि सुरु भएको सूचना अधिकारी श्रेष्ठले बताए । बुस्टर खोप अभियानका लागि दुई सय २४ स्वास्थ्यकर्मी र चार सय ४४ स्वयम्सेवक परिचालन गरिएको उनले बताए । कोरोना भाइरसविरुद्धको खोप हालसम्म १२ वर्षमाथिका पहिलो मात्रा ८६ प्रतिशत, दोस्रो मात्रा ९३ प्रतिशत, पहिलो बुस्टर ६९ प्रतिशत र दोस्रो बुस्टर खोप ११ प्रतिशतले लगाइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना भाइरसविरुद्धको खोपका लागि एक सय खोप केन्द्र तोकिएको छ । बुस्टर डोज लगाउन छुट भएकालाई पनि खोप लगाउन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश बनाउन प्रचण्डको विकल्प छैन : अग्नि सापकोटा
-
धरानबाट २१ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार
-
भोजपुरको साम्पाङमा विद्युत् सेवा विस्तार
-
देश बनाउन फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुपर्छ : नारायणकाजी
-
पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधन
-
विपद् प्रभावित सडक पुनर्निर्माणमा बागमती सरकारको जोडबल