पहिलो पटक विश्वकप खेल्नेछन् दक्षिण अफ्रिकाका आठ खेलाडी
काठमाडौँ । आगामी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि दक्षिण अफ्रिकी टोलीको घोषणा गरिएको छ । विश्वकप क्रिकेटको १३औं संस्करण अक्टोबर ५ देखि नोभम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ ।
दक्षिण अफ्रिकाले टेम्बा बाभुमाको कप्तानीमा विश्वकपका लागि टोलीको घोषणा गरेको हो । १५ सदस्यीय दक्षिण अफ्रिकी टोलीमा रहेका आठजना खेलाडीले पहिलो पटक विश्वकप खेल्न लागेका हुन् ।
दायाँ हाते तिब्रगतिका बलर जेराल्ड कोएट्जीलाई पनि दक्षिण अफ्रिकी टोलीमा समावेश गरिएको छ । उनले यसै वर्षको प्रारम्भमा दक्षिण अफ्रिकाको तर्फबाट अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।
विश्वकपका लागि घोषित दक्षिण अफ्रिकी टोलीमा टेम्बा बाभुमा (कप्तान), जेराल्ड कोएट्जी, क्विन्टन डी कक, रिजा हेन्ड्रिक्स, मार्को जानसेन, हेनरिच क्लासेन, सिसान्डा मागाला, केशव महाराज, आइडेन मारक्रम, डेभिड मिल्लर, लुङ्गी एनगिडी, एनरिच नोर्टेज, कासिगो राबाडा र टाबरिज सामसी, रासी भान डेर डुसान रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण