बुसानमा नेपालका तीन फिल्म
काठमाडौँ । फिल्म ‘गाउँ आएको बाटो’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा पनि छनोट भएको छ । फिल्म विन्डो अन एसियन फिल्म अन्तर्गत छनौट भएको हो ।
नवीन सुब्बा निर्देशित फिल्मको आमोद राई कार्यकारी निर्माता हुन् । फिल्ममा दयाहाङ राई र पशुपति राईको मुख्य भूमिका छ । फिल्म टोरन्टोमा प्रिमियर हुन गइरहेको छ ।
त्यस्तै नेपाल र भारतको निर्माणमा रहेको सौरभ राई निर्देशित फिल्म ‘गुराँस’ पनि यही श्रेणीमा छनौट भएको हो । ‘गुराँस’ को भने चेक रिपब्लिकको कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । रामकृष्ण पोखरेलको निर्माण रहेको फिल्मले फेस्टिभलमा १० हजार अमेरिकी डलर पुरस्कार राशिको प्रोक्सिमा स्पेसल जुरी अवार्ड जितेको थियो ।
बुसानमा निरन्जन भेटवालको निर्देशन रहेको लघु चलचित्र ‘दि विटनेस ट्री’ पनि छनौट भएको छ ।
दक्षिण एसियामा प्रतिष्ठित मानिने बुसानको नयाँ संस्करण अक्टोबर ४ तारिखदेखि १३ तारिखसम्म चल्नेछ । बुसानको यो संस्करण ‘बिकज आई हेट कोरिया’को प्रदर्शनसँगै हुनेछ । बुसानले यो पटक हङकङ मुलका अभिनेता चाउ एन फ्याटलाई एसियन फिल्म मेकरको सम्मान दिदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण