ईस्कोन बागलुङले लक्ष्मीनारायण मन्दिरमा जन्माष्टमी मनाउँदै
बागलुङ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ ( इस्कोन) बागलुङले विगतका वर्षहरूमा जस्तै यस वर्पनि श्रीकृष्णजन्माष्टमी पर्वलाई भव्यताका साथ बागलुङ नगरपालिका -१, मालढुङ्गा कालीगण्डकी तटमा अवस्थित धार्मिक तथा ऐतिहासिक लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा मनाउन लागेको छ।
भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा हिन्दु पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ।
जब–जब पृथ्वीमा ठुला–ठुला सङ्कटहरू आइ पर्छन्, तब–तब भगवानले आफ्नो अवतार रूपमा यस धरधाममा जन्म लिइ असत्य माथि सत्यको विजय गराउन महत्त्वपूर्ण भूमिका खेलेको व्यहोरा वैद्विक बाङ्मयमा उल्लेख छ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए।
उक्त अवसरमा इस्कोन बागलुङले दिउँसो ४ बजेबाट ७ बजेसम्म औपचारिक कार्यक्रम र राति १२ बाजेसम्म भजन कीर्तन, लीला प्रवचन, नाटक, नृत्य, दिपदान, महाअभिषेक र सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने साथै उक्त ठाउँमा आवतजावतको निम्ति कार्यक्रम अवधिभर जीपपार्कबाट नि:शुल्क बास सेवा सञ्चालन गर्ने जगतगुरु गिरिधारी दासले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण