भ्रष्टाचारी, तस्करी र सरकार सँगसँगै हुन सक्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, तस्करी, कालोबजारी सँगसँगै वर्तमान सरकार अगाडि जान नसक्ने बताएका छन् । सामूदायिक रेडियो माडीले बुधवार गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले तस्करीलाई कारबाही गर्ने सम्बन्धमा प्रश्न उठे पनि मूलभूत रूपमा कुनै सम्झौता नहुने जिकिर गरेका हुन् ।
‘भ्रष्टाचारी, तस्करी, कालोबजारीलाई कारबाही गर्ने सम्बन्धमा केही प्रश्न उठेका छन् । गृहमन्त्री वा सरकार कति टिक्छ भन्ने सवालमा पनि प्रश्न उठेको छ’, उनले भने, ‘तस्करी र सरकार सँगसँगै रहन सक्दैन । मूलभूत रूपमा सरकारले कसैसँग पनि सम्झौता गर्दैन । विभिन्न प्रकरणमा जोडिएका व्यक्तिहरूलाई सरकारले कारबाही गरेरै छोड्छ ।’
सामाजिक न्यायसहितको आर्थिक समृद्धि नभएसम्म प्राप्त उपलब्धिको रक्षा हुन नसक्ने उनले बताए । नागरिकलाई अनागरिक बनाएर विदेशमा पठाउने कार्यमा राज्यका पदाधिकारी तथा प्रशासनका अधिकारीहरूलाई कारबाहीको दायरामा ल्याइछाड्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई