भ्रष्टाचारी, तस्करी र सरकार सँगसँगै हुन सक्दैन : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, तस्करी, कालोबजारी सँगसँगै वर्तमान सरकार अगाडि जान नसक्ने बताएका छन् । सामूदायिक रेडियो माडीले बुधवार गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले तस्करीलाई कारबाही गर्ने सम्बन्धमा प्रश्न उठे पनि मूलभूत रूपमा कुनै सम्झौता नहुने जिकिर गरेका हुन् ।
‘भ्रष्टाचारी, तस्करी, कालोबजारीलाई कारबाही गर्ने सम्बन्धमा केही प्रश्न उठेका छन् । गृहमन्त्री वा सरकार कति टिक्छ भन्ने सवालमा पनि प्रश्न उठेको छ’, उनले भने, ‘तस्करी र सरकार सँगसँगै रहन सक्दैन । मूलभूत रूपमा सरकारले कसैसँग पनि सम्झौता गर्दैन । विभिन्न प्रकरणमा जोडिएका व्यक्तिहरूलाई सरकारले कारबाही गरेरै छोड्छ ।’
सामाजिक न्यायसहितको आर्थिक समृद्धि नभएसम्म प्राप्त उपलब्धिको रक्षा हुन नसक्ने उनले बताए । नागरिकलाई अनागरिक बनाएर विदेशमा पठाउने कार्यमा राज्यका पदाधिकारी तथा प्रशासनका अधिकारीहरूलाई कारबाहीको दायरामा ल्याइछाड्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण