कोशीमा एमालेबाट को–को बन्दैछन् मन्त्री ?
काठमाडौँ । संविधानको धारा १६८(३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त हुन लागेका हिक्मतकुमार कार्कीले आजै पाँच सदस्य मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
कार्कीलाई केही बेरमा कोशी प्रदेश प्रमुख परशुराम कार्कीले मुख्यमन्त्रीमा नियुक्त गर्ने कार्यक्रम रहको छ । नियुक्ति लगत्तै शपथग्रहण गरेपछि पाँच सदस्य मन्त्रिपरिषद् गठन गर्ने एमालेका प्रमुख सचेतक रेवतीरवण भण्डारीले जानकारी दिए ।
भण्डारीले एमालेबाट सुरुमा मन्त्री बन्नेको पनि टुंगो लागिसको जानकारी दिए । जसअनुसार कार्कीसहित तीलकुमार मिन्याङ्बो ऊर्जा तथा सिँचाइ मन्त्री, एकराज कार्की भौतिक पूर्वाधार विकास मन्त्री, पाँचकर्ण राई वनमन्त्रीमा नियुक्त हुनेछन् । यसैगरी सिर्जना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त हुन लागेको उनले रातोपाटीलाई जानकारी दिए ।
बिहीबार सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको सरकारलाई अवैधानिक ठहर गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । कार्की दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण