भेनिसमा ‘द रेड सुटकेस’ प्रिमियर
काठमाडौंँ । फिल्म ‘द रेड सुटकेस’ भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रिमियर भएको छ । फेष्टिभलको दोस्रो ठूलो विधा होरोजान्टेमा प्रतिस्पर्धामा रहेको फिल्म १३ सय क्षमताको साला डेरसेना हलमा हाउसफुल दर्शकबीच प्रिमियर भएको हो ।
प्रिमियरमा नेपालबाट फिल्मका निर्माता रामकृष्ण पोखरेल र शोभा पोखरेल, छायाँकार सुशन प्रजापति, कलाकार सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ लगायत सहभागी थिए ।
प्रिमियरअघि फिल्मका निर्देशक, निर्माता र कलाकार फोटोकलमा सहभागी भएका थिए भने फोटोकलपछि निर्देशक फिडेल देवकोटा र सृष्टि श्रेष्ठले भेनिसको अफिसियल च्यानलहरु टिभी, रेडियो र पत्रपत्रिकामा अन्तर्वार्ता दिएका थिए । भेनिसको समय अनुसार ठीक २ बजे फिल्मको प्रिमिएर भएको थियो ।
फिल्म पिकअप ट्रकमा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथा प्रस्तुत गर्छ । तर ड्राइभरको यात्रासँगै हामी देशको आर्थिक, राजनीतिसँग परिचित हुन पुग्छौँ जुन हामी कसैका लागि पनि सुखद अनुभवदायक छैनन् ।
फिल्ममा सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ र प्रविन खतिवडा लगायतको अभिनय छ । शुक्रबार नै फिल्मले बिसाटो डिओरो नामको अवार्ड पनि प्राप्त गरेको थियो ।
स्वतन्त्र समीक्षकहरुको संस्थाले प्रदान गर्ने यो अवार्ड डेब्यू फिल्म बनाउनेलाई दिइने परम्पराअनुसार फिडेल देवकोटालाई प्रदान गरिएको हो । भेनिसको समापन आज शनिबार हुँदैछ ।
आज साँझ हुने समारोहमा यो वर्षका विभिन्न विधाका विजेताको घोषणा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण