ब्रेकअपपछि भेनिसमा सौगात र सृष्टिको भेट, सँगै खिचाए तस्बिर तर बोलेनन्
काठमाडौंँ । अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रेम करिब ५ बर्ष चर्चामा रह्यो । विवाहको हल्लाकाबीच उनीहरुले गत बर्ष प्रेम सम्बन्ध सहमतिमा टुङ्ग्याए ।
प्रेममा ब्रेकअपपछि एकसाथ कहिलै नदेखिएका सौगात र सृष्टि पहिलो चोटी आमने–सामने भएका छन् । शुक्रबार इटालीको ‘भेनिस फिल्म फेस्टिभल’मा उनीहरु एकसाथ देखिएका हुन् । भेटमा उनीहरुले भेटमा एकअर्काेसँग बोलचाल पनि नगरेको बताइन्छ । दुबैले एकअर्काेलाई हेरेका मात्र थिए ।
फिल्म ‘द रेड सुटकेस’ को प्रिमियर पछि अन्तर्राष्ट्रिय मिडियालाई तस्वीर खिचाउने क्रममा दुवै एकसाथ उभिएका थिए । भेनिस फिल्म फेस्टिभलमा ‘द रेड सुटकेस’ का अर्का मुख्य अभिनेता विपिन कार्की, निर्देशक फिडेल देवकोटा र निर्माता रामकृष्ण पोखरेल पनि सहभागी थिए ।
फिल्ममा प्रविण खतिवडा, सोनम लामा, अञ्जु देउजा र बी विश्वकर्माको पनि फिल्ममा अभिनय छ । उनीहरुले यो फिल्म अभिनय प्रेममा रहेकै समय गरेका थिए । यी दुईले एकसाथ फिल्म ‘पोइ प¥यो काले’, ‘राधा’, ‘माइकल अधिकारी’ समेत अभिनय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण