जैन दीपिका ग्यारेटलाई एसियन पेन्ट मिस युनिभर्सको उपाधि
काठमाडौँ । जैन दीपिका ग्यारेटले एसियन पेन्ट मिस युनिभर्सको उपाधि जितेकी छन् । उमङ्ग क्रियसनले आयोजना गरेको चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दीपिका ग्यारेटले हात पारेकी हुन् ।
गोदावरीको कन्फेन्स सेन्टरमा आयोजित एक समारोहका बीच मिस युनिभर्स २०२३ को फिनालेमा २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै जैन दीपिका ग्यारेट विजयी भएकी हुन् ।
त्यस्तै, फस्ट रनर अप गरिमा घिमिरे, सेकेन्ड रनर अप, बुद्धिसारा सुनारा, तेस्रो रनर अप सितास्मा पोख्रेल र चौथो रनर अप अभिलासा लम्साल भएका छन् ।
विजयी प्रतिस्पर्धीलाई २०२२ का मिस युनिभर्स नेपालको विजयी प्रतिस्पर्धा सोफिया भुजेलले ताज पहिराएकी छन् । प्रतियोगितामा प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको थियो ।
एसियन पेन्स मिस युनिभर्स नेपाल २०२३ को जजका रूपमा रविराज कर्णिकार, उपल मजुमदार, उपासना घिमिरे, सङ्गीता पहाडी, आयुशा कार्की श्रेष्ठ,सुरक्षा पन्त,नन्दिनी एल थापा, सौरभ ज्योति रहेका थिए ।
प्रतिस्पर्धीहरूलाई विभिन्न १२ विधामा पुरस्कृत गरिएको थियो । विजयी प्रतिस्पर्धीले एल साल्भाडोरमा हुने मिस युनिभर्स नेपालको अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण