मिल्यो ‘एक भगवत् गीता’ सम्बन्धी विवाद, नाम परिवर्तन हुने
काठमाडौँ । झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’ सम्बन्धी विवाद मिलेको छ । निर्माण युनिट र विवाद निम्त्याउने विभिन्न धार्मिक संगठनवीच आइतबार चलचित्र विकास बोर्डमा भएको सहमतिसँगै विवाद मिलेको हो ।
फिल्मको नाम ‘एक भगवत् गीता’ बाट ‘एक भागवत र एक गीता’ राख्ने र कथा सामाजिक राख्ने सहमति भएको चलचित्र विकास बोर्डले जनाएको छ । सहमतिसँगै फिल्मले सेन्सरका लागि सिफारिस समेत आजै पाउनेछ ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्र निर्माता संघका अध्यक्ष नबल खड्का, कलाकार दीपकराज गिरी लगायतको उपस्थितिमा बोर्डमा धार्मिक सङ्घसंस्था निर्माण युनिटबीच सहमति भएको हो । विवाद मिलेपछि फिल्म २९ भदौबाट प्रदर्शन हुने पक्का भएको छ ।
केही दिन अगाडि बिभिन्न धार्मिक संस्थाहरुले चलचित्रको नाम ‘ एक भगवत् गीता’ राखेर धर्ममाथि प्रहार गरेको भन्दै नाम परिवर्तनको माग सहित फिल्म विरुद्ध बोर्डमा निवेदन दिएका थिए । धार्मिक संघ संस्थाको विरोधले बोर्डले सेन्सर सिफारिस रोकेको थियो ।
फिल्ममा विपिन कार्की, धिरज मगर, सुहाना थापा लगायतका कलाकारको अभिनय छ । फिल्मले भगवत् र गीता नाम गरेका २ पात्रको कथा भन्छ । फिल्ममा विपिनलाई तेश्रो लिङ्गीको भूमिकामा देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण