‘कर्णालीमा मानवअधिकार हनन् गरिबीका कारणले भएको छ’
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका नागरिकको मानवअधिकार हनन् गरिबीका कारण भएको बताएका छन् । स्वीट्जरल्याण्ड भ्रमण गरी फर्किए पश्चात आइतबार संसदमा जानकारी गराउँदै शर्माले यस्तो बताए । शर्माले कर्णालीको बारेमै रहेर वृहत छलफल भएको बताए ।
स्वीट्जरल्याण्डको जुरिचमा अन्तराष्ट्रिय मानवअधिकार आयोग, अन्तर सरकार संस्थाको आयोजनामा सम्पन्न लगानी सहकार्यको विषयमा कार्यक्रममा सहभागी उनले भ्रमण सोचेभन्दा राम्रो र उत्साहजनक रहेको बताए ।
‘हामीले कर्णालीको बारेमा छलफल हुनुपर्छ भनेर नै यहाँका समस्याको विषय उठान गरेका थियौँ,’ उनले भने,‘ मानव अधिकारको कुरा गर्दा सबैभन्दा मानव अधिकारको हनन गरिबीका कारण भएको छ । गरिबीका विरुद्धमा लड्ने खजना चाहिएको करा मैले त्यहाँ राखेको थिएँ ।’
शर्माले उक्त संस्थाले कर्णाली सरकारसँग सहकार्य गर्न उत्साहित रहेको पनि बताए । स्वीट्जरल्याण्ड भ्रमणको विषयमा भएको छलफलको रिपोर्ट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गरिएको उनले बताए । ‘सहकार्य गर्न आतुर हुनुहुन्छ, समयको व्यवस्थापनका लागि प्रधानमन्त्रीलाई जानकारी गराइएको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण