मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
डेंगु संक्रमण

डेंगु संक्रमण : कात्तिक महिनासम्म त्रास !

दैनिक साढे तीन सयभन्दा बढीमा संक्रमण पुष्टि
सोमबार, २५ भदौ २०८०, १० : ०८
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । नेपालमा डेंगु संक्रमणको त्रास आगामी कात्तिक महिनासम्म रहने जनस्वास्थ्य विज्ञहरू बताउँछन् । यद्यपि अब संक्रमित संख्या क्रमशः ओरालो लाग्दै जाने ईडीसीडी अन्तर्गत किट्जन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालको जिकिर छ ।

७५ जिल्लामा संक्रमण पुष्टि हुँदा सबैभन्दा धेरै सुनसरी जिल्ला प्रभावित बनेको छ । हुम्ला र मुगु जिल्लामा डेंगु संक्रमण नदेखिएको ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । सुनसरी जिल्लामा मात्रै गएको पुस महिना यता १४ हजार २२८ जनामा संक्रमण भएको छ । यस्तै, विगत १० दिनको अवधिमा २ हजार ५७० मा डेंगु संक्रमण पुष्टि भएको छ ।

ईडीसीडीबाट प्रकाशित तथ्याङ्क अनुसार सुनसरी जिल्लामा मात्रै भदौ १५ मा ३७४ जनामा संक्रमण पुष्टि भएको छ । भदौ १७ मा ३९८ संक्रमित भएका छन् भने १८ गते ३७५ मा संक्रमण भएको थियो । यस्तै, २० गते संक्रमितको संख्या बढेर ७२० पुगेको थियो २१ गते ३५१ र २२ गते ३५२ जनामा संक्रमण पुष्टि भएको छ ।

भदौ १३ देखि २२ सम्म १० दिनको अवधिमा सर्वाधिक संक्रमण देखिएका १० जिल्ला यी हुन्–

1

महाशाखाको तथ्याङ्क अनुसार मोरङ जिल्लामा मात्रै हालसम्म २ हजार २५४ जना संक्रमित भएका छन् । त्यसपछि धादिङमा २ हजार १९७, झापामा एक हजार ३६४, काठमाडौँमा ४६३, धनकुटामा ३७४, धनुषामा ३४२, सङ्खुवासभामा ३३१, कास्कीमा २७९, कैलालीमा २७९ संक्रमित भएका छन् ।

१०० भन्दा धेरै संक्रमण पुष्टि भएका जिल्ला यी हुन्–

2

सातै प्रदेशमा संक्रमणको अवस्था

भदौ १३ देखि २२ सम्म सात प्रदेशमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा डेंगु संक्रमण पुष्टि भएको छ । उक्त १० दिनको अवधिमा कोशी प्रदेशमा मात्रै २ हजार ८३७ जनामा संक्रमण पुष्टि भएको छ ।

१३ भदौमा ईडीसीडीद्वारा प्रकाशित तथ्याङ्कमा कोशी प्रदेशमा ४४ र १५ गते ४०० जना संक्रमित भएका थिए । यस्तै, १७ गते ४२८ जना, १८ गते ४४२ जना, २० गते ७८९ जना, २१ गते ३६३ जना र २२ गते ३७१ जनामा संक्रमण पुष्टि भएको थियो ।

अन्य ६ प्रदेशमा संक्रमितको आँकडा यस्तो छ–

3

गएको पुस महिनादेखि हालसम्मको तथ्याङ्कलाई केलाउँदा सात प्रदेशमध्ये कोशी प्रदेश डेंगु संक्रमणको बढी मारमा परेको छ । हालसम्म कोशी प्रदेशमा मात्रै  १९ हजार ५३ जनामा संक्रमण पुष्टि भएको छ ।

बागमती प्रदेशमा ३ हजार ३३४ जनामा पुष्टि भएको छ । यस्तै, गण्डकी प्रदेशमा ७३१, सुदूरपञ्चिम प्रदेशमा ७३१, मधेस प्रदेशमा ५२२, लुम्बिनी प्रदेशमा ४२० र कर्णाली प्रदेशमा सबैभन्दा कम ५० जना संक्रमित भएका छन् ।

सातै प्रदेशमा संक्रमणको अवस्था

४

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप