बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

साउन महिनामा ५१ करोडको जुस निर्यात

सोमबार, २५ भदौ २०८०, १२ : ०४
सोमबार, २५ भदौ २०८०

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा विदेशबाट ५१ करोड ४५ लाख रुपैयाँको जुस निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा ५१ करोडभन्दा धेरैको जुस निर्यात भएको हो ।

यस अवधिमा नेपालबाट ८ करोड ३२ लाख रुपैयाँको फ्रोजन जुस निर्यात भएको छ । यस्तै, २४ लाख रुपैयाँको अंगुर जुस निर्यात भएको छ भने ४ करोड ९५ लाख रुपैयाँको भुईकटरको जुस निर्यात भएको तथ्यांक छ ।

यसबाहेक, साउन महिनामा ६७ लाख रुपैयाँको गोलभेडा जुस निर्यात भएको छ भने २ करोड ४७ लाख रुपैयाँको स्याउको जुस निर्यात भएको तथ्यांक छ । यस्तै, ३४ करोड ८० लाख रुपैयाँको मिक्स जुस निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप