विश्वकप क्रिकेटका लागि टोली घोषणा गर्ने न्युजिल्यान्डको गज्जबको तरिका !
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको १३औँ संस्करण यसै वर्ष भारतमा आयोजना हुँदैछ । आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म आयोजना हुने विश्वकपमा १० वटा टोलीले सहभागिता जनाउँदैछन् ।
प्रतियोगिताका लागि विभिन्न राष्ट्रले आफ्नो टोलीको घोषणा पनि गर्दैछन् । प्रतियोगिताका लागि हालसम्म ६ वटा राष्ट्रले आफ्नो टोलीको घोषणा गरिसकेका छन् । सोमबार मात्र न्युजिल्यान्डले विश्वकपका लागि आफ्नो टोलीको घोषणा गरेको छ ।
तर, विश्वकपका लागि टोली घोषणा गर्ने न्युजिल्यान्डको शैली भने यतिबेला निकै चर्चित बनेको छ । सबैभन्दा पहिले सोमबार बिहान न्युजिल्यान्ड क्रिकेट बोर्डले विश्वकपका लागि घोषित आफ्ना १५ जना खेलाडीको तस्बिरसहितको नाम सार्वजनिक गरेको थियो ।
यो सामान्य प्रक्रिया थियो । तर, त्यसको केही समयपछि न्युजिल्यान्ड क्रिकेट बोर्डले यसपटक विश्वकपका लागि खेलाडीको परिवारले नै टोलीको घोषणा गरेको दाबी गर्यो । त्यसलाई पुष्टि गर्न बोर्डले विश्वकप खेल्ने खेलाडीको परिवारको भिडियो पनि सार्वजनिक गर्यो ।
वास्तबमै खेलाडीको परिवारको त्यो भिडियो रमाइलो थियो । खासमा सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरिएको त्यो भिडियोमा खेलाडीको परिवारका सदस्यहरुले खेलाडीको नम्बर र नाम सार्वजनिक गरेको देख्न सकिन्छ ।
न्युजिल्यान्ड क्रिकेट बोर्डले सार्वजनिक गरेको त्यो भिडियोमा विश्वकप टोलीमा परेका खेलाडीहरुको श्रीमती, प्रेमीका, छोराछोरी, आमा, हजुरआमालगायतलाई समेटिएको छ । उक्त भिडियोमा खेलाडीको परिवारका सदस्यले खेलाडीको नम्बर र नाम सार्वजनिक गरेको देखिन्छ ।
भिडियोमा कप्तान केन विलियम्सन, ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभोन कोनवे, लोकी फर्गुसन, म्याट हेनरी, टम लाथम, ड्यारल मिचेल, ग्लेन फिलिप्स, मिचेल सान्टनर, ईश सोढी र टिम साउथीका श्रीमती/प्रेमीका र छोराछोरीले नाम सार्वजनिक गरिरहेका छन् ।
यसैगरी विल योङको आमा, जेम्स निसामको हजुरआमा र राचिन रविचन्द्रको परिवारको सदस्यले उनीहरुको नाम सार्वजनिक गरेको देख्न सकिन्छ । विश्वकपका लागि टोली घोषणा गर्ने न्युजिल्यान्ड क्रिकेट बोर्डको यो शैलीलाई धेरैले मन पराएका छन् ।
‘यो रमाइलो विचार जसको भए पनि गजबको छ । वास्तबमा खेलाडीलाई सफल बनाउन परिवारका सदस्यको भूमिका महत्वपूणर् हुन्छ । निकै मन पर्यो,’ एक ट्वीटर प्रयोगकर्ताले भिडियोमा आफ्नो विचार पाखेकी छन् ।
‘वाह, क्या रमाइलो आइडिया ! खेलाडीको छोराछोरीदेखि हजुरआमासम्म । निकै रमाइलो लाग्यो । यसअघि मैले यस्तो कुराको कल्पना पनि गरेको थिइन,’ अर्को ट्वीटर प्रयोगकर्ताको कथन छ । ‘ओहो ! विश्वकपका लागि टोली घोषणा गर्ने न्युजिल्यान्डको कति रमाइलो तरिका । मलाई निकै मन पर्यो,’ अर्को ट्वीटर प्रयोगकर्ताको कथन छ ।
आगामी विश्वकपमा न्युजिल्यान्डले साविक विजेता इङ्ल्यान्डसँग अक्टोबर ५ मा उद्घाटन खेल खेल्नेछ । उक्त खेल अहमादाबादमा खेलिने छ । न्युजिल्यान्डले आफ्नो दोस्रो खेल अक्टोबर ९ मा नेदरल्यान्ड्ससँग खेल्ने छ ।आगामी विश्वकपका लागि न्युजिल्यान्डका अतिरिक्त हालसम्म अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाले टोलीको घोषणा गरिसकेका छन् ।
Our 2023 @cricketworldcup squad introduced by their number 1 fans! #BACKTHEBLACKCAPS #CWC23 pic.twitter.com/e7rgAD21mH
— BLACKCAPS (@BLACKCAPS) September 11, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण