नाडा अटो शोको तयारी धमाधम, तस्बिरहरू
काठमाडौँ । भोलि देखि सुरु हुन लागेको नाडा अटो शो को तयारी यति बेला भृकुटीमण्डपमा धमाधम हुँदैछ । तीन वर्षपछि हुन लागेको नाडा अटो शो मा आफ्नो आफ्नो ब्रान्ड का स्टल को सजावटमा जुटेका हुन् ।
काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुने उक्त सवारी मेला मा यसपालि दर्जनौँ नयाँ मोडलका ईभी सहभागी हुँदैछन् भने इन्धन सवारी साधनको नयाँ मोडल कमै मात्रै देखिनेछन्।
१५औँ संस्करणको नाडा अटो शो २०२३ यही भदौ २६ भोलि देखि ३१ गतेसम्म चल्ने छ। यसैगरी, यो पटक पार्किङ बाहिर अन्य क्षेत्रमा गर्ने व्यवस्था गरिएको छ भने प्रदर्शनीमा सटल बस पनि सञ्चालन हुने छ।
प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नका लागि काठमाडौँ मल, सैनिक कल्याणकारी भवन, बसपार्क भ्यु टावर लगायतका सार्वजनिक पार्किङ स्थलहरूबाट महानगर यातायातको सहयोगमा सटल बस सञ्चालन गरिएको आयोजक ले जनाएको छ।
प्रदर्शनीमा ठुला तथा साना गरी करिब १२० वटा स्टल र ब्लकहरू रहने छन्। यसपालि अटो शो को प्रवेश टिकटको मूल्य सामान्य व्यक्तिको लागि २०० रुपैयाँ र विद्यार्थीहरूका लागि भने १५० रुपैयाँ कायम गरिएको छ ।
तस्बिरहरू - नेपाल फोटो लाइब्रेरी










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण