शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रुस पुगे किम जोङ उन, आज पुटिनसँग भेटघाट हुने

मङ्गलबार, २६ भदौ २०८०, ०८ : १३
मङ्गलबार, २६ भदौ २०८०

उत्तर कोरियाली नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुस पुगेका छन् ।

यसअघि उनी रुस जाँदा उत्तर कोरियाको सरकारी मिडियाले एउटा तस्बिर सार्वजनिक गरेको थियो जसमा किम जोङ उन आफ्नो सशस्त्र रेलमा रुस जानुअघि प्योङयाङका जनतालाई अभिवादन गरिरहेका थिए ।

सरकारी सञ्चारमाध्यम केसीएनएले उनको साथमा सैनिक कर्मचारीसहित उच्च सरकारी अधिकारीहरूको समूह पनि रहेको जनाएको छ ।

दुई नेताबीच मङ्गलवार भेटवार्ता हुने बताइएको छ । क्रेमलिनले पनि किम जोङ उन रुस आउँदै गरेको पुष्टि गरेको छ ।

बीबीसीको अमेरिकी सम्बद्ध समाचार च्यानल सीबीएस न्युजका अनुसार पेन्टागनले किम जोङ रसियाको भ्रमणमा रहेको र उनले ‘कुनै किसिमको बैठक’ गर्ने सम्भावना रहेको बताएको छ ।

पुटिन र किम जोङ भेट भएमा यो उत्तर कोरियाली नेताको पछिल्लो चार वर्षमा पहिलो अन्तर्राष्ट्रिय भ्रमण हुनेछ । कोरोना महामारीपछि किम जोङ पहिलो पटक विदेश भ्रमणमा जाँदै छन् ।

केही दिन अघि एक अमेरिकी अधिकारीले न्युज च्यानल सीबीएससँगको कुराकानीमा बैठकमा युक्रेनमा जारी युद्धका लागि उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराउने सम्भावनाबारे छलफल हुने बताएका थिए । 

किम जोङको अन्तिम विदेश यात्रा सन् २०१९ मा रुसको भ्लादिभोस्टोक सहरको थियो, त्यहाँ उनले पुटिनलाई भेटेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाको आणविक निःशस्त्रीकरण वार्ता रद्द भएपछि यो बैठक भएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप