रुस पुगे किम जोङ उन, आज पुटिनसँग भेटघाट हुने
उत्तर कोरियाली नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुस पुगेका छन् ।
यसअघि उनी रुस जाँदा उत्तर कोरियाको सरकारी मिडियाले एउटा तस्बिर सार्वजनिक गरेको थियो जसमा किम जोङ उन आफ्नो सशस्त्र रेलमा रुस जानुअघि प्योङयाङका जनतालाई अभिवादन गरिरहेका थिए ।
सरकारी सञ्चारमाध्यम केसीएनएले उनको साथमा सैनिक कर्मचारीसहित उच्च सरकारी अधिकारीहरूको समूह पनि रहेको जनाएको छ ।
दुई नेताबीच मङ्गलवार भेटवार्ता हुने बताइएको छ । क्रेमलिनले पनि किम जोङ उन रुस आउँदै गरेको पुष्टि गरेको छ ।
बीबीसीको अमेरिकी सम्बद्ध समाचार च्यानल सीबीएस न्युजका अनुसार पेन्टागनले किम जोङ रसियाको भ्रमणमा रहेको र उनले ‘कुनै किसिमको बैठक’ गर्ने सम्भावना रहेको बताएको छ ।
पुटिन र किम जोङ भेट भएमा यो उत्तर कोरियाली नेताको पछिल्लो चार वर्षमा पहिलो अन्तर्राष्ट्रिय भ्रमण हुनेछ । कोरोना महामारीपछि किम जोङ पहिलो पटक विदेश भ्रमणमा जाँदै छन् ।
केही दिन अघि एक अमेरिकी अधिकारीले न्युज च्यानल सीबीएससँगको कुराकानीमा बैठकमा युक्रेनमा जारी युद्धका लागि उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराउने सम्भावनाबारे छलफल हुने बताएका थिए ।
किम जोङको अन्तिम विदेश यात्रा सन् २०१९ मा रुसको भ्लादिभोस्टोक सहरको थियो, त्यहाँ उनले पुटिनलाई भेटेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाको आणविक निःशस्त्रीकरण वार्ता रद्द भएपछि यो बैठक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण