धनगढीमा हुने समाजवादी मोर्चाको कार्यक्रम दोस्रो पटक स्थगित
धनगढी । धनगढी हुने भनिएको समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय सभा दोस्रो पटक स्थगित भएको छ ।
संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि आज मंगलबार धनगढीमा हुने भनिएको कार्यक्रम स्थागित भएको छ ।
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम अध्यक्ष हरि चौधरी उत्सवका अनुसार नेम्वाङको निधनले मुलुक नै शोकमय भएकाले कार्यक्रम स्थगित भएको बताए ।
यसअघि भदौ १३ गते कार्यक्रम तय गरिएको थियो । तर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव नआउने भएपछि कार्यक्रम स्थगित गरिएको थियो ।
सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव, जनता समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण