६० किलो सुन प्रकरण : हालसम्म ३० जना पक्राउ, आज प्रतिवेदन बुझाउने तयारी
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे ‘संगठित सुन तस्करी’ को अनुसन्धान पुरा गरेर मंगलबार अनुसन्धान प्रतिवेदन बुझाउने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तयारी गरिरहेको छ ।
अनुसन्धान अन्तिम चरणमा रहेको ब्युरोकी प्रमुख (एआईजी) किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । उनले भनिन्–‘अन्तरदेशीय अपराधको मामिलामा हामीले कुनै कसर बाँकी नराखीकन अनुसन्धान गरेका छौँ ।’ सुन प्रकरणमा राजस्व अनुसन्धान विभाग र सीआईबीले अनुसन्धान थालेको ५५ दिन पुरा भएको छ ।
राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको अनुसन्धान गर्ने जिम्मेवारी साउन २१ मा सीआईबीलाई दिएको थियो । हङकङबाट तस्करी गरेर ल्याएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो ।
सुन प्रकरणमा संलग्नहरुविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोले ‘संगठित अपराध’ मुद्दा दर्ता गरेर अनुसन्धान गरेको थियो । असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको सो सुन ‘रेडी ट्रेड प्रालि’ ले मगाएको हो ।
सुन तस्करीमा संलग्न आरोपमा हालसम्म ३० जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूलाई जिल्ला अदालत काठमाडौँले सोमबार थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रतिवेदन बुझाउनुअघि तस्करीमा संलग्न केही आरोपीहरूलाई पक्राउ गर्ने गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सुन प्रकरणमा हालसम्म पक्राउ पर्नेहरूमा रामकुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग, गणेश पौडेल, किशोर बस्नेत, सुमन खरेल, शिवकुमार सराफ, पुष्पा जोशी, कमल परियार र वीरेन्द्र नेपाली छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण