फिल्म ‘एक भगवत् र एक गीता’ सेन्सर पास
काठमाडौँ । फिल्म ‘एक भगवत् र एक गीता’ सेन्सर पास भएको छ । नामको विषयमा विभिन्न सङ्घ संस्थाले विवाद निम्त्याएको फिल्म चलचित्र सेन्सर बोर्डले मंगलबार बिहान हेर्दै प्रदर्शनका लागि पास गरेको हो । फिल्मलाई सेन्सर बोर्डले ‘युनिभर्सल’ प्रमाणपत्र दिँदै सबैका लागि खुल्ला गरेको छ ।
फिल्ममा विवाद हुने केही दृश्य नदेखेकोले बिना काटछाट पास गरेको सेन्सर बोर्ड सदस्य ऋषिराज आचार्यले बताए । ‘फिल्मको नामको विवाद मिलिसकेको छ । अन्य विवाद हामीले देखेनौ’ आचार्यले भने ।
फिल्मको नामको विषयमा विभिन्न हिन्दु धार्मिक संस्थाले विरोध जनाएपछि फिल्मको सेन्सर प्रक्रिया केही दिन अगाडि अड्किएको थियो । चलचित्र विकास बोर्डको समन्वयमा धार्मिक संस्थाहरू र फिल्मकर्मीले वार्ताबाट फिल्मको विवाद मिलाएका थिए ।
२९ भदौ अर्थात आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म झरना थापाले निर्देशन गरेकी हुन् । विपिन कार्की, सुहाना थापा, धीरज मगर लगायतको अभिनय फिल्ममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण