स्वैच्छिक रुपमा रुसी सेनामा सेवा गर्न चाहनेको सङ्ख्या बढ्दो
मङ्गलबार, २६ भदौ २०८०, १५ : २२
मोरक्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बितेका छ महिनामा तीन लाख सैनिक परिचालन भएका तथा दुई लाख ७० हजार नागरिकले स्वस्फूर्तरुपमा रुसी सेनामा सामेल भएर राष्ट्र सेवामा योगदान गर्ने अभिमत जाहेर गरेका बताएका छन् ।
भ्लादिभोस्तकमा जारी आर्थिक मञ्चको बैठकमा राष्ट्रपति पुटिनले दुई लाख ७० हजार नागरिकले सेनामा भर्ती हुनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका बताए ।
'पछिल्ला छ महिनामा दुई लाख ७० हजार नागरिकले स्वैच्छिक रुपमा रुसी सेनामा सेवा गर्न सम्झौता गरेका, सेनामा अनुबन्ध हुन चाहनेको सङ्ख्या बढिरहेको छ, दैनिक रुपमा एक हजार देखि एक हजार पाँच सय सम्म सम्झौता गर्न आइरहेका छन्,' सैन्य भर्तीबारे विस्तृत विवरण उल्लेख नगरी रुसी राष्ट्रपति पुटिनले भने ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण