पूर्वाञ्चल विश्वविद्यालय कप फुटसलको उपाधि कलेज अफ बायोमेडिकललाई
काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालय कप फुटसल प्रतियोगिताको उपाधि कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एण्ड एप्लाइड साइन्सेसले जितेको छ । सिनामंगलको अर्किड कलेजको फुटसल कोर्टमा भएको फाइनलमा कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एण्ड एप्लाइड साइन्सेसले काष्ठमण्डप कलेज अफ म्यानेजमेन्टलाई ६–५ गोलले पराजित गर्दै उपाधि जितेको हो ।
प्रारम्भमै दुई गोलले पछि परेको कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एण्ड एप्लाइड साइन्सेसले उत्कृष्ट पुनरागमन गर्दै निर्धारित ६० मिनेटको खेलमा ६–५ ले उपाधि जित्न सफल भयो । विजयी टोलीका लागि विप्लव थापा एक्लैले चार गोल गरे ।
विजयी टोलीका लागि मन्जील श्रेष्ठ र मनिष मगरले पनि एक—एक गोल थपेका थए । काष्ठमण्डपका लागि सुजन थापाले दुई तथा विकास महर्जन, सन्जीत क्षेत्री र कृष्ण दुलालले एक—एक गोल गरेका थिए । उपाधि विजेता टोलीले एक लाख रुपैयाँ नगद पुरस्कार पनि प्राप्त गर्यो । उपविजेता काष्ठमण्डपले ५० हजार रुपैयाँ पुरस्कार पायो ।
प्रतियोगितामा कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एण्ड एप्लाइड साइन्सेसका विप्लव थापा सर्वाधिक गोल गर्ने खेलाडी बने । उनले चार खेलमा १५ गोल गरेका थिए । उत्कृष्ट गोलरक्षकको उपाधि पनि बायोमेडिकलकै प्रज्ज्वल प्याकुरेलले पाए । सर्वोत्केष्ट खेलाडीको अवार्ड पनि बायो मेडिकलका कृष्ण दुलालले हात पारे । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीहरुले पनि नगद पुरस्का पाएका छन् । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन आग्रह
-
नेदरल्यान्ड्सविरुद्ध मोरक्को : मैदानको भिडन्तभन्दा पर आप्रवासन र पहिचानको कथा
-
मकवानपुरका सीडीओले भनेः चिकित्सकको पर्चाबिना औषधि नबेच्नू
-
कलाकारहरूले मनाए धान दिवस
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण