सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सुरु, तस्बिरहरू
एचपीभी खोप अभियान

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सुरु, तस्बिरहरू

क–कसले लगाउन पाउँछन् ?
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप अभियान बुधबारदेखि सुरु भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित एक कार्यक्रमबीच अभियान शुभारम्भ गरेका हुन् ।   

आजबाट परोपकार प्रसूति गृहसँगै पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप सातै प्रदेशका संघीय अस्पतालहरूमा लगाइनेछ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप पाइलटिङका रूपमा संघीय अस्पतालहरूबाट सुरु गरेको हो । सुरुमा एचपीभी खोप २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीलाई मात्र लगाइनेछ ।

खोप कुन-कुन अस्पतालमा लगाइन्छ ?

एचपीभी  खोप बागमती प्रदेशको परोपकार प्रसूति अस्पताल, कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको नारायणी अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा २० हजार भाइल पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप दामासाही (बराबर) तरिकाले वितरण गरिएको छ ।

यो एचपीभी खोप ६ महिनाको अन्तरमा दुई मात्रा लगाउनुपर्ने परिवार कल्याण महाशाखाले जनाएको छ ।

किशोरीहरूमा  एचपीभी खोप अभियान सञ्चालन गर्दा आउने कठिनाइ र कस्तो खालको स्वीकार्यता हुन्छ भनेर अध्ययनका लागि पनि एचपीभी खोपको पाइलटिङले भविष्यका लागि सहयोग गर्ने अधिकारीहरू बताउँछन् ।

सरकारले चीनबाट २० हजार भाइल एचपीभी खोप दुई महिना अघि खरिद गरेको हो । यो खोप विश्व स्वस्थ्य संगठन (डब्ल्यूएचओ)को मान्यता प्राप्त खोप हो ।

 यसअघि  एचपीभी खोप  पाइलटिङका रूपमा सन् २०१६/१७ मा  चितवन र कास्की जिल्लामा लगाएको थियो । कास्कीमा करिब ११ हजार, चितवनमा १४ हजार किशोरीलाई खोप लगाइएको परिवार कल्याण महाशाखाले जनाएको छ ।

साढे १६ लाखलाई खोपको आवश्यक

मन्त्रालयले १७ लाख मात्रा एचपीभी खोप प्रस्ताव गरी गाभीलाई साउनको अन्तिम हप्ता पत्राचार गरेको जनाएको छ । परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाले पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप आयातका लागि ग्लोबल एलायन्स गाभीलाई प्रस्ताव पेस गरी एचपीभी खोप माग गरिएको बताउँदै आएको छ । नेपालले १७ लाख एचपीभी खोपको प्रस्ताव गरी गाभीलाई पत्र पठाएको शाखाको दाबी छ ।  नेपालमा यस खोप लगाउने उमेर समूह अर्थात् १० देखि १४ वर्षका करिब १६ लाख ५० हजार बालिका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया