शुभेक्क्षालाई अव ‘चित्रा’को भर
काठमाडौँ । ‘रणवीर’बाट अभिनयमा भित्रिएकी हुन् शुभेक्क्षा खड्का । मिस नेपाल पृष्ठभूमिकी खड्काको डेब्यु फिल्मको चर्चा राम्रो भए पनि व्यावसायिक सफल भने भएन । फिल्मको चर्चाले भने उनको हातमा फिल्म ‘प्रेमा’ पर्यो । यो फिल्मले पनि उनलाई व्यावसायिक लाभ दिलाउन सकेन ।
‘रणवीर’ र ‘प्रेमा’ असफल भएपछि फेरि उनले यो क्षेत्रमा स्थापित हुन सङ्घर्ष गर्नु परिरहेको छ । अभिनय गरेको दुई फिल्म असफल भए पनि अहिले उनको हातमा तेस्रो फिल्म परेको छ ‘चित्रा’ ।
‘चित्रा’ घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको फिल्म हो । यसअघि ‘पञ्चेबाजा’ निर्देशन गरेका लामिछाने पहिलो फिल्ममै राम्रो क्षमता देखाएका थिए । त्यसैले अघिल्ला दुई फिल्मको कमजोर नतिजाले सङ्कटमा परेको करिअरलाई खड्काले यो फिल्म अवसरका रूपमा पनि लिनुपर्ने देखिन्छ ।
यही भदौको अन्तिमबाट छायाङ्कन सुरु हुन भनिएको फिल्ममा खड्काको अलावा अर्पण थापा, मेनुका प्रधान, प्रमोद अग्रहरी, सिम्रन खड्का, सन्तोष अधिकारी लगायतको समेत कलाकारको रूपमा छन् ।
एसाप इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्न लागेको फिल्मको कार्यकारी निर्मातामा सन्तोष अधिकारी हुन् । एक साधारण बाबु र छोरीको कथामा बन्न लागेको फिल्मलाई मनिष गौतमले लेखेका हुन् । फिल्ममा खड्काको जोडी र भूमिकाको विषयमा भने अहिले केही खुलाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण