अनुसन्धान
६० केजी सुन प्रकरण : अहिलेसम्म ३२ जना पक्राउ, सीआईबीका ४२ जनाले ३५ दिनसम्म गरे अनुसन्धान
बुधबार, २७ भदौ २०८०, ११ : ५६
काठमाडौँ । तस्करीको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा हालसम्म ३२ जना पक्राउ परेका छन् । जसमा २३ जना नेपाली र ९ विदेशी छन् । त्यसमध्ये अझै १८ जना फरार छन् । त्यसमा १४ विदेशी ४ नेपाली रहेका छन् ।
बुधबार सीआइबीले गरेको पत्रकार सम्मेलनमा सीआइवीका प्रमुख किरण वज्राचार्यले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का ४२ जनाको टोलीले ३५ दिन गलाएर सो अनुसन्धान गरेको जानकारी दिइन् । साथै उनले सिआइवीले तयार पारेको प्रतिवेदन आजै जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्ने जानकारी पनि दिइन् ।
तस्करीको सुन अनुसन्धानमा खासगरी तीन टोली बनाएर अधिकृतहरू खटिएको प्रहरीले जनाएको छ । जसमा फस्ट टेक्निकल टिम, एक्पोर्ट टिम र इन्गेष्टिभ टिम बनाइएको थियो । ती टोलीले दैनिक १८ घण्टासम्म काम गरेको पनि प्रमुख बज्राचार्यले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण