सिटिजन्स बैंक र भारतस्थित अपोलो अस्पतालबीच सम्झौता
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित अपोलो हस्पिटल्स इन्टरप्राईजेज लिमिटेड बीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशत सम्म छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
अपोलो हस्पिटलस् इन्टरप्राईजेज लिमिटेडका भारतको विभिन्न ९ स्थानमा रहेका हस्पिटलका नेटवर्कहरुमा यो छुटको व्यवस्था लागू हुने छ । उक्त समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा अपोलो हस्पिटल्स इन्टरप्राईजेज लिमिटेडका तर्फबाट भाइस प्रेसिडेन्ट– इन्टरनेसनल बिजनेस डा. कार्त्तिक अनन्थरामनले हस्ताक्षर गरेका हुन् ।
सिटिजन्स बैंकको भारत स्थित हस्पिटलहरूसँगको यो दोस्रो सम्झौता हो । यस अघि बैंकले भारतस्थित मेदान्त– द मेडिसिटि अस्पतालसँग बैंकका कार्डवाहक ग्राहकहरूलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।
यस किसिमको सहकार्यबाट हाल यस बैंकका ग्राहकवर्गहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन् । आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरूलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूले पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण