मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार र नियमनकारी निकायले जनताको आत्मबल बढाउने नीति ल्याउनुपर्छ : अध्यक्ष ढकाल

बुधबार, २७ भदौ २०८०, १९ : २७
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सर्वसाधारणको मनोबल बढाउने नीति ल्याए अर्थतन्त्रको समस्या कम हुनसक्ने बताएका छन् । 

बुधबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकार र नियमनकारी निकायहरुले उद्योगी व्यवसायी र जनतालाई आत्मविश्वास बढाउने नीति ल्याएर अर्थतन्त्रका वर्तमान समस्या समाधान उन्मुख हुने बताएका हुन् । उनले पछिल्लो समय सरकार नियमकारी निकायहरुले निजी क्षेत्रले उठाउँदै आएका समस्या र मागका विषयमा बेवास्ता गर्दा अर्थतन्त्रमा समस्या देखिएको बताए । 

अध्यक्ष ढकालले सरकारले उद्योगी व्यवसायी र जनतालाई सकारात्मक बनाउने गरी नीति नल्याएसम्म अर्थतन्त्रमा समस्या समाधान हुन नसक्ने दाबी गरे । उनले नियमनकारी निकाय राष्ट्र बैंकले मौद्रिक नीति र सरकारले बजेटमा निजी क्षेत्रको माग सम्बोधन गर्न नसक्दा अर्थतन्त्रमा प्रभाव परेको धारणा राखे । उनले निजी क्षेत्रका तीन वटा संस्थाहरुले सरकारले ल्याउने बजेट र मौद्रिक नीतिमा एउटै स्वरमा सुझावहरु दिँदा समेत कार्यान्वयनमा आउन नसक्नु भनेको सरकारको निजी क्षेत्रलाई हेर्नु दृष्टिकोण सकारात्मक नहुनु भएको बताए ।

अध्यक्ष ढकालले पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिएको बताए । उनले रेमिट्यान्स, पर्यटन आगमन र बैंकिङ तरलतामा सहजता आएको बताए । उनले अर्थतन्त्रका आयामहरुमा सकारात्मक संकेत देखिएको भन्दै सरकारले सबैको मनोबल उच्च बनाउने गरी नीतिहरु ल्याउन आवश्यक रहेको बताए ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप