चिकित्सकमाथि कुटपिट गरेको आरोपमा ४ जना पक्राउ
मकवानपुर । हेटौंडास्थित सन्चो अस्पतालका चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरीलाई चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार पक्राउ पर्नेमा अनुप प्रधान, रोहित प्रधान, रमा प्रधान र रमिता प्रधान छन् ।
सोही अस्पतालमा प्रारम्भिक उपचार गरी रेफर गरिएका ४१ वर्षीय राजेश प्रधानको साउन २५ गते चितवनमा उपचाररत अवस्थामै मृत्यु भएको विषयलाई लिएर सन्चो अस्पतालका चिकित्सकद्वय डा. विकास थापा र प्रशान्त बिडारीमाथि बुधबार कुटपिट भएको थियो ।
ड्युटीमा रहेको चिकित्सकमाथि अस्पतालभित्रै कुटपिट भएको विरोधमा चिकित्सकहरुले चरणबद्ध आन्दोलनको चेतावनी दिएका थिए ।
प्रहरीले कुटपिटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृतक प्रधानकै परिवारका चार सदस्यलाई पक्राउ गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण