चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा हो : रवि लामिछाने
बिहीबार, २८ भदौ २०८०, १५ : ०६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा उनले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरे ।
लापरबाही र जटिलता आम जीवनले सजिलै छुट्याउन सकिने कुरा नभएको भन्दै उनले कुनै पनि बहानामा हुने यस्ता क्रियाकलापप्रति खेद प्रकट गरे ।
लामिछानेले डाक्टरमाथिको कुटपिटको घटनाबारे गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका छन् । हेटौंडा–१२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै बुधबार चिकित्सकमाथि कुटपिट भएको थियो ।
हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि कुटपिट गर्नेलाई बिहीबार पक्राउ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण