रोयल इन्फिल्डको दुई नयाँ मोटरसाइकल सार्वजनिक
काठमाडौँ । रोयल इन्फिल्डको दुई नयाँ मोटरसाइकल सार्वजनिक भएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा रोयल इन्फिल्ड क्लासिक ३५०cc Dark Edition र क्लासिक ३५०cc Chrome Edition सार्वजनिक गरेको हो ।
कम्पनीले क्लासिक ३५०cc Dark Edition को मूल्य ५ लाख २५ हजार रुपैयाँ र Chrome Edition को मूल्य ५ लाख ३० हजार रुपैयाँ तोकेको छ । दुवै भेरियन्टको बुकिङ समेत खुलिसकेको कम्पनीले जनाएको छ ।
दुवै मोटरसाइकलमा डुअल डिस्कब्रेक छ भने स्पीड सेन्सर पनि राखिएको छ । यी मोटरसाइकलमा किक स्टार्ट हटाएर सेल्फ स्टार्ट सिस्टम राखिएको छ भने अन्य फिचरहरू केही परिवर्तन नगरी पुरानै यथावत राखेको छ ।
नयाँ दुवै मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको कम्पनीले जनाएको छ । यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, एसआएचसी एफआइ रहेको छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.४८ ब्रेकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ ।
टाइमलेस स्टाइलिङ डिजाइनमा रहेको यी मोटरसाइकलमा हेलोजन लाइट, एनालग डिजिटल इन्स्ट्रुमेन्ट मिटर, यूएसबी चार्जिङ पोर्ट, लामो मेटल एग्जस्ट, वाइडर सीट, वाइडर टायर, ट्युबलेस टायर, स्पीड सेन्सर, टेलिस्कोपिक सस्पेन्स र ट्वीन सक अब्जर्बार जस्ता फिचरहरू पाउन सकिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण