असोज १९ मै ‘वानर सेना’ प्रदर्शनमा आउने
काठमाडौँ । फिल्म ‘वानर सेना’ १९ असोजबाट प्रदर्शनमा आउने भएको छ । कार्तिक ४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परदेशी २’ एक साता अगाडि असोज १९ मा सरेपछि ‘वानर सेना’का निर्माताले पनि अगाडि सारेका हुन् ।
बिहीबार निर्माण युनिटले वितरक लगायतको पक्षसँग छलफल गर्दै फिल्म एक साता अगाडि सारेको निर्देशक अर्पण गिरीले बताए ।
गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा निर्देशक अर्पण गिरी (अरमान जंग), आरजु प्रसाईँ, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, विशाल बराल, बाल कलाकार मास्टर अमित पौडेल र विशेष भूमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।
अर्पण गिरी (अरमान जंग)को डेव्यु निर्देशनमा निर्माण भएको फिल्ममा विनोद सापकोटाको छायांकन, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन र बन्दे प्रसादको संवाद छ ।
फिल्मको कथा, पटकथा तथा संवाद पनि स्वयं निर्देशक गिरीले नै लेखेका हुन् । युवराज गिरीको लगानीमा फिल्म निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण