बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

तीन विद्यार्थी संगठनले भने : तीन लाख नै तिरेर विद्यार्थीले इन्जिनियरिङ पढ्न पाउनुपर्छ

शुक्रबार, २९ भदौ २०८०, २३ : ३३
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । तीन विद्यार्थी संगठनले इन्जिनियरिङ अध्ययन संस्थानलाई शुल्कवृद्धि नगर्न आग्रह गरेका छन्। नेविसंघ, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियन नेपालले शुक्रबार पुल्चोकमा संयुक्त पत्रकार सम्मेलन गर्दै विगतमा कायम शुल्कमै विद्यार्थीले पढ्न पाउनुपर्ने बताएका हुन् ।

विगतमा कायम शुल्कमै विद्यार्थीलाई पढ्न दिन प्रवेश परीक्षा लिइनुपर्ने उनीहरुको भनाइ छ । ‘हाललाई विगतमा कायम भई मानिआएकै शुल्कमा भर्ना गर्ने गरी प्रवेश परीक्षाको प्रक्रिया सुचारू गर्न आग्रह गर्दछौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

केही सानो रकम घाटाको त्रास देखाएर राज्यलाई अर्बौं घाटा हुने गरी प्रवेश परीक्षा धकेल्ने षड्यन्त्रको मतियारहरुले यसको गाम्भीयतालाई थप महशुस गर्नेमा आशावादी उनीहरुले बताए । 

समयानुकूल शुल्क पुनरावलोकनको मुद्दामा आफूहरू सचेत र जिम्मेवार रहेको उनीहरूको भनाइ छ।  नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले इन्जिनियरिङ अध्ययन संस्थानले एकलौटी शुल्क वृद्धि गरे आन्दोलन गरिने चेतावनी दिए ।

आइओईले स्नातक तहको शुल्कवृद्धि गरेपछि यसअघि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । ३ लाख १३ हजार रुपैयाँ शुल्क रहेकोमा वृद्धि गरी ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पुर्‍याएपछि विद्यार्थी संघसंगठनहरूले शुल्क वृद्धि फिर्ता गर्नुपर्ने माग गरेका थिए।

शुल्क समायोजन गर्न ११ सदस्यीय समितिसमेत गठन भएको छ। यो समितिले ५ लाख शुल्क तोक्ने तयारी गरेको भन्दै विद्यार्थी संघसंगठनहरूले विरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप