शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बाल दिवसका अवसरमा धनकुटा नगरपालिकाले आयोजना गर्यो वक्तृत्वकला प्रतियोगिता

शनिबार, ३० भदौ २०८०, ०९ : ०९
शनिबार, ३० भदौ २०८०

धनकुटा । ५९ औँ बाल दिवसको अवसर पारेर धनकुटामा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । दिवसको अवसरमा धनकुटा नगरपालिकाले ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा तुलसी मेहर माविका डिना घिमिरे पहिलो, बालसंसार माविका दिया बस्नेत दोस्रो, निजामती आवासीय माविका आर्शी अधिकारी तेस्रो र गोकुण्डेश्वर माविका किरण अधिकारीले चौथो भएका छन् । उनीहरूलाई क्रमशः पाँच, चार, तीन र एक हजार नगद पुरस्कार प्रदान गरिएको छ । 

प्रतियोगितामा धनकुटा नगरपालिका क्षेत्रका नौ विद्यालयका विद्यार्थीहरू सहभागी थिए । धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनालको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा डा.यज्ञप्रसाद गुरागाईँ, शिक्षा शाखा प्रमुख नगेन्द्रमणि श्रेष्ठ र सञ्चारकर्मी रमेशचन्द्र अधिकारी निर्णायकको भूमिकामा थिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदी, गैरसरकारी संस्थाका अध्यक्ष मीन सुवेदी, हुसाडेक नेपालका उपाध्यक्ष कृष्णगोविन्द अधिकारी, केदार दाहाल लगायतले वाल दिवसको सन्दर्भमा धारणा राखेका थिए । यसैगरी, बाल दिवसको अवसरमा धनकुटामा र्याली र अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप