शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता : अमेरिका र चीन भ्रमणबारे छलफल

शनिबार, ३० भदौ २०८०, १३ : ०१
शनिबार, ३० भदौ २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार भेट गरेका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएकाे हाे ।

सो भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।  

साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप