बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

झापामा लागुऔषधसहित २ जना पक्राउ

शनिबार, ३० भदौ २०८०, २३ : १५
शनिबार, ३० भदौ २०८०

काठमाडौँ । झापामा प्रतिबन्धित लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक २१ वर्षीय लाल मिया र बुद्धशान्ति गाउँपालिका ७ का २८ वर्षीय आशिष राई रहेका छन् ।

उनीहरु दुबैबाट लागुऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिबार अर्जुनधारा नगरपालिका ११ बसपार्कस्थित ताप्लेजुङ फक्तालुङ होटेल अगाडिबाट पक्राउ परेका लाल मियाबाट ११८ ग्राम ७१० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीको भनाई छ ।

मियालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  त्यस्तै पक्राउ परेका राईसँगबाट २ ग्राम ब्राउन सुगर बरामद गरिएको र उनलाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भैरहेका प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप