झापामा लागुऔषधसहित २ जना पक्राउ
शनिबार, ३० भदौ २०८०, २३ : १५
काठमाडौँ । झापामा प्रतिबन्धित लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक २१ वर्षीय लाल मिया र बुद्धशान्ति गाउँपालिका ७ का २८ वर्षीय आशिष राई रहेका छन् ।
उनीहरु दुबैबाट लागुऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिबार अर्जुनधारा नगरपालिका ११ बसपार्कस्थित ताप्लेजुङ फक्तालुङ होटेल अगाडिबाट पक्राउ परेका लाल मियाबाट ११८ ग्राम ७१० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीको भनाई छ ।
मियालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । त्यस्तै पक्राउ परेका राईसँगबाट २ ग्राम ब्राउन सुगर बरामद गरिएको र उनलाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भैरहेका प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण