नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर भोलि बन्द हुने
आइतबार, ३१ भदौ २०८०, ०८ : ३९
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर भोलि (असोज १ गते) बन्द हुने भएका छन् । प्राधिकरणले एक सूचना जारी गर्दै सो दिन विश्वकर्मा पूजा भएकाले आय संकलन काउन्टरहरु बन्द हुने जानकारी दिएको हो ।
विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपूर्जाको पूजा गर्ने चलन छ । विभिन्न औचारका सामानमा पूजा गरेमा धेरै समय टिक्ने, कामको बेला नबिग्रिने र राम्रो काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
विश्वकर्मा पूजाको खर्च संकलन र प्रसाद वितरणका लागि भन्दै प्राधिकरणका कर्मचारीबाट दुई सय रुपैयाँको दरले रकम संकलनसमेत गरिएको छ । प्राधिकरणका अनुसार विद्युत् प्राधिकरणको कार्यालय भित्र रहेको विश्वकर्मा मन्दिरमा १ असोजका दिन पूजा गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण