सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘कार्यस्थलमै चिकित्सकमाथिको आक्रमण निन्दनीय’

आइतबार, ३१ भदौ २०८०, १३ : २१
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । गत बुधबार हेटौँडास्थित एक अस्पतालमा डा विकास थापा र प्रशान्त बिडारीमाथि अस्पताल हातामै कुटपिट भएको घटनाप्रति विवेकशील साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

मानवीय सेवा क्षेत्र मानिने अस्पताल भित्रै अहोरात्र खटिने चिकित्सकहरुमाथि  पटक पटक आक्रमण हुनु र यसको शिलशीला निरन्तर बढोत्तरी हुनु बिडम्बना र चिन्ताको विषय भएको विवेकशील साझा पार्टीले ठहर गरेको छ । 

सो पार्टीका प्रवक्ता आशुतोष प्रधानले जारी गरेको विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षा ग्यारेण्टी गर्न र दोषीहरुमाथी कडा कारवाही गरेर दण्डहीनताको अन्त्य गर्न सरकारसँग माग गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप