सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

६० किलो सुन प्रकरण : २९ जनाविरुद्ध मुद्दा दर्ता, ३ जना फरार

आइतबार, ३१ भदौ २०८०, १७ : ५१
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको भन्दै २९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार ३ जना फरारसहित २९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सूचना अधिकारी महेशप्रसाद खत्रीका अनुसार ३ जना फरारसहित २९ जनालाई मुद्दा चलाएको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले ४ जनालाई फरारको सूचीमा राखी मुद्दा चलाउन प्रतिवेदन तयार पारेकामा सरकारी वकिलले एक चिनिया नागरिकलाई तत्काल मुद्दा नचलाउने निर्णय गरेको हो । 

यता सीआइबीले मुद्दा नचलाउने निर्णय गरेको रुक्मिना सुब्बालाई भने सरकारी वकिलले मुद्दा चलाउने निर्णय गरेको छ । अन्य भन्सार एजेण्ट र कर्मचारीलाई मुद्दा चलाउने तर क्यान्सर रोगी भएकै कारण उनलाई मुद्दा नचलाउँदा राम्रो सन्देश नजाने भन्दै रुक्मिनालाई पनि मुद्दा चलाउने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप