६० किलो सुन प्रकरण : २९ जनाविरुद्ध मुद्दा दर्ता, ३ जना फरार
काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको भन्दै २९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार ३ जना फरारसहित २९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सूचना अधिकारी महेशप्रसाद खत्रीका अनुसार ३ जना फरारसहित २९ जनालाई मुद्दा चलाएको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले ४ जनालाई फरारको सूचीमा राखी मुद्दा चलाउन प्रतिवेदन तयार पारेकामा सरकारी वकिलले एक चिनिया नागरिकलाई तत्काल मुद्दा नचलाउने निर्णय गरेको हो ।
यता सीआइबीले मुद्दा नचलाउने निर्णय गरेको रुक्मिना सुब्बालाई भने सरकारी वकिलले मुद्दा चलाउने निर्णय गरेको छ । अन्य भन्सार एजेण्ट र कर्मचारीलाई मुद्दा चलाउने तर क्यान्सर रोगी भएकै कारण उनलाई मुद्दा नचलाउँदा राम्रो सन्देश नजाने भन्दै रुक्मिनालाई पनि मुद्दा चलाउने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण