तिजको सुरक्षा व्यवस्थापनमा २ हजार ९६६ जना प्रहरी खटिने
काठमाडौँ । हरितालिका तिजको सुरक्षा व्यवस्थापनमा २ हजार ९६६ जना प्रहरी खटिने भएका छन् । यसमा महिला प्रहरीको सङ्ख्या ६ सय ३० हुनेछ । नेपाल प्रहरीका अनुसार प्रति सिफ्टमा १ हजार ४८३ जना प्रहरी खटिने भएका हुन् ।
पशुपतिनाथको मन्दिर परिसरमा तिज पर्व सम्पन्न नभएसम्म कमान्ड पोष्टको स्थापना गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठले यसको कमान्ड गर्नेछन् ।
त्यस्तै पैदल गस्ती, मोबाइल गस्ती, कर्डन, सादा पोसाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सिसिटिभी, वाकथ्रु गेट, ड्रोनबाट निगरानी, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका माध्यमद्वारा तिज पर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिने छ ।
प्रहरीले चाडपर्व मनाउँदा आफू सुरक्षित रही अरूलाई समेत चाडपर्व मनाउने वातावरण बनाउन आग्रह गरेको छ । तिज पर्वमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० मा प्रहरीलाई खबर गर्न आग्रहसमेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण