'गज्जबको गोडरेज, कमालको अफर' सार्वजनिक
काठमाडौँ । भारतको चर्चित होम अप्लाएन्स तथा नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले नेपालमा यसपालिको दशैं, तिहार तथा छठलाई लक्षित गर्दै गोडरेजको "गज्जबको गोडरेज, कमालको अफर" नामक योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले गोडरेजका बिभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ भाद्र २६ गतेदेखि नेपालभर सीमित अवधिका लागि उठाउन सक्नेछन् ।
अफरमा ग्राहकहरुले कुनैपनि गोडरेजको सामानको खरिदमा २५ % सम्मका अधिकतम छुट र अन्य आकर्षक उपहारहरु पाउन सक्ने छन्। फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा ६ केजी एरियल म्याटिक वाशिङ पाउडर तथा टप लोड वाशिङ मेसिन र सेमी अटोमेटिक वाशिङ मेसिनको खरिदमा ३ लिटर एरियल म्याटिक वाशिङ लिक्विड प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी ग्राहकहरुले गोडरेजको साइड बाइ साइड रेफ्रिजरेटर खरिद गर्दा सिजिको इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्न सक्नेछन् भने सिंगल तथा डबल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन्। साथै, गोडरेजको चेस्ट फ्रिजरको खरिदमा समेत आकर्षक क्यासब्याकको व्यवस्था रहेको छ। साथै माईक्रोवेभ ओवनमा भने अति उपयोगी कुकिङ्ग किट पाउन सकिनेछ। त्यस्तै गरी एयर कन्डिसनर खरिद गर्ने उपभोक्ताका लागि कम्पनीले सित्तैमा जडान गरिदिने भएको छ। यसका साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको कम्पनीले जनाएको छ।
त्यसै गरि शुन्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले "सिजि लोयल्टी क्लब"को रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुर स्थित होटल विभान्तामा २५% सम्म छुट पाउन सकिनेछ । यी सुबिधाका लागि ग्राहकहरुले www.cgelex.com मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन।
नेपालमा गोडरेजको ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी
-
सुनको मूल्य सामान्य बढ्यो
-
फिल्म ‘माया भनेकै यस्तो होला’ मा मदनकृष्णदेखि सृष्टिसम्मको अभिनय
-
टोरन्टोको सडक महोत्सवमा गोलीबारी, कम्तीमा २ जनाको मृत्यु
-
अमेरिकाद्वारा इरानका करिब १४० सैन्य लक्ष्यमा आक्रमण
-
मिटरब्याज विरुद्धको पैदल यात्रा चौथो दिनमा प्रवेश, लालबन्दीबाट काठमाडौँतर्फ अघि बढे पीडित (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण