आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सामसङको दसैँ अफर : ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै !’

सोमबार, ०१ असोज २०८०, २१ : २४
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । सामसङ नेपालले दसैँ अफर ग्राहकमाझ ल्याएको छ ।  कम्पनीले ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै !’ अफर सुरु गर्न लागेको छ । ग्राहले जुनसुकै सामसङ मोबाइल वा ट्याब्लेट खरिद गर्दा हरेक दिन उपहार स्वरुप रु.२ लाख ३३ हजार ९००मूल्य बराबरको टिभिएस एनटर्क १२५ सिसिको स्कुटर जित्ने अवसर पाउनेछन् ।

जस अनुसार जम्मा २५ दिनमा २५ जना विजेताहरुले उक्त उपहार प्राप्त गर्नेछन् ।  सामसङ स्मार्टफोन र सामसङ ट्याब्लेट किन्ने जो कोही ग्राहक यस योजनामा सहभागी बन्न सक्नेछन् ।  शनिबार बाहेक हरेक दिन एक टिभिएस एनटर्क १२५ सिसिको भाग्यशाली विजेता बन्न सक्नेछन् । 

शनिबार यो योजना नभएपनि शनिबारको दिन प्रवद्र्धन योजनामा सहभागी भएका ग्राहकहरुको नाम आइतबार गरिने लक्की ड्रमा सामेल गरिनेछ ।  यो योजना असोज ५ गते सुरु भई  कार्तिक ३ गतेसम्म कायम रहनेछ । यद्यपि ग्राहकहरुले असोज २ गतेदेखि नै यस योजनामा सहभागी बन्न सक्नेछनज् । असोज २ देखि असोज ५ सम्म प्राप्त भएका ईन्ट्रीहरुलाई असोज ५ गते हुने लक्की ड्रमा एकसाथ समावेश गरिनेछ । लक्की ड्र सातामा २ पटक इमेज च्यानलको म्युजिक अफ योर च्वाइस कार्यक्रममा प्रस्तुत गरिने कम्पनीले जनाएको छ  । 

सामसङ नेपालको २५ टिभिएस एनटर्क १२५ सिसि जित्नका लागि सहभागी हुने प्रक्रियाहरुः

१. सामसङ स्मार्टफोन वा ट्याब्लेट खरीद गर्नुहोस् ।

२. नयाँ खरीद गरिएको उपकरणको सिरियल नम्बर प्राप्त गर्न एस्ट्रे ह्याज०६ह्याज डायल गर्नुहोस।

३.सामसङ टाइप गरेर एक स्पेश छाडेर सिरियल नम्बर टाइप गरेर ३१००१ मा एसएमएस गर्नुहोस् । 

४.ईन्ट्रीको पुष्टि तुरुन्तै पाउनुहोस् र परिणामको प्रतिक्षा गर्नुहोस् । विजयी सिरियल नम्बरहरुको घोषणा इमेज च्यानलमार्फत् गरिने लाइभ लक्की ड्रमा गरिनेछ, जुन परिणाम भोलीपल्ट सामसङको अफिसियल फेसबुक पेजमा पनि पोस्ट गरिने कम्पनीले जनाएको छ ।

यति मात्र होइन, अर्को एक आकर्षक अफर पनि रहेको छ । सामसङ स्मार्टफोन वा ट्याब्लेट सासमङको सुविधाजनक इन्स्टा फाइनान्स सुविधा अन्तर्गत मासिक किस्तामा ०% ब्याजदरका साथ किन्ने अवसर पनि दिइएको छ। देशभरमा रहेका ३०० भन्दा बढी सासमङ इन्स्टा फाइनान्स सुविधा रहेको आउटलेटका साथै २२ वटा सामसङ एक्सपिरिएन्स स्टोरहरुबाट सजिलैसँग गरिद गर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप