शेखर समूहको बैठकमा नजाने सङ्केत गर्दै शर्माले भने – महामन्त्रीको जिम्मेवारीप्रति सजग छु
काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको महासमिति बैठकबाट पार्टीको नीति, गति र मति उपर साझा दृष्टि निर्माणको समय भएको बताएका छन् । नेता शेखर कोइराला समूहको बैठकमा सहभागी नहुने सङ्केत गर्दै शर्माले त्यसका लागि महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयहरूप्रति सजग रहेको बताए ।
कांग्रेस कस्तो बन्ने र कांग्रेस मा को बन्ने भन्दा समाजमा असन्तुष्टिको निरूपण गर्नुपर्ने उनको भनाइ छ । समाजमा असन्तुष्टि किन छ ? हामी त्यसमा कति दोषी छौँ ? वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सृजना कसरी गर्न सकिन्छ ? महासमितिमार्फत यी प्रश्नको निरूपणले देशलाई मार्ग दिन्छ र काँग्रेसलाई पनि,’ उनले लेखेका छन् ।
पार्टी पङ्क्तिमा ऊर्जा, नागरिकको वितृष्णा चिर्दै नवीन विश्वास, ०८२ मा महाधिवेशन सुनिश्चितता गर्नतिर बहस केन्द्रित आवश्यक रहेको शर्माले बताए ।
‘समय चेत बुझ्न र हाँक्न सक्ने सभापति र अबको प्रधानमन्त्री । काँग्रेसमा विचार समूहहरू र सिङ्गो संस्थाले विमर्शको केन्द्र यसैलाई बनाएर सार्थक बहस र तार्किक निष्कर्ष क्रमशः खोज्नेछ,’ उनले भने ।
दलहरूमा फरक विचार र विचार समूह हुनु स्वाभाविक भएको भन्दै यो अभ्यासलाई हार्दिक ढङ्गले लिइनुपर्ने पनि उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण