पौराणिक कथाको फिल्म ‘वानर सेना’को ट्रेलरमा प्रेम र द्वन्द्व
काठमाडौँ । १९ असोजबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘वानर सेना’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट १० सेकेन्डको ट्रेलरमा प्रेम र द्वन्द्वले स्थान पाएको छ ।
फिल्म अर्पण गिरी (अरमान जंग)ले निर्देशन गरेका हुन् । निर्देशक गिरीको यो डेब्यु फिल्म हो । फिल्मको कथा पौराणिक रहेकाले पनि दसैँको आसपास पारेर रिलिज गर्न लागिएको निर्देशक गिरी बताए ।
गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा अर्पण गिरी (अरमान जंग), आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, विशाल बराल, बाल कलाकार मास्टर अमित पौडेल र विशेष भूमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाको अभिनय छ ।
विनोद सापकोटाको छायाङ्कन, निर्देशक अर्पण गिरीको सङ्गीत, गीत, नारायण रिजालको कोरियोग्राफी, शङ्कर महर्जन र आरके श्रीको द्वन्द्व रहेको फिल्म बन्दे प्रसादले सम्पादन गरेका छन् ।
फिल्मको कथा, पटकथा तथा संवाद पनि स्वयं निर्देशक गिरीले नै लेखेका हुन् । युवराज गिरीको लगानी रहेको फिल्मलाई करण श्रेष्ठ क्रेजीको रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनाको पहिलो दिन कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण