संविधान दिवस
संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलद्वारा ६७० जना कैदीको सजाय माफी
मङ्गलबार, ०२ असोज २०८०, १८ : ११

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरेका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार ६७० जना कैदीको सजाय माफी गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार बुधबारदेखि लागू हुनेगरी उनीहरुको कैदको सजाय माफी गरेको उल्लेख गरेकी छन् ।
राष्ट्रपति पौडेलले भीमबहादुर खवास, हर्कबहादुर लिम्बु र समदिन मियाँसहित ६७० जना कैदीहरूको कैद सजाय माफी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मीको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने
-
काठमाडौंमा आजदेखि ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना नेपालमा
-
कति पुग्यो डलरको मूल्य ? के छ विदेशी मुद्राको दरभाउ ?
-
साउदीमा कामविहीन भएका नेपाली श्रमिकलाई स्वदेश फर्काउने पहल सुरू
-
बार्सिलोनालाई २८ औं ला लिगा उपाधि, ‘बच्चा’ टोलीले गर्यो चमत्कार