मुलुकको शीर्ष नेतृत्व जनताको अवस्था परिवर्तन गर्न चुक्यो : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको शीर्ष नेतृत्व जनताको अवस्था परिवर्तन गर्न चुकेको बताएका छन् । सभापति लामिछानेले मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको बताएका हुन् ।
बुधबार रोल्पा पुगेका सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेका र उनीहरुले समृद्धिको ढोका खोजिरहेको बताएका छन् ।
उनले भनेका छन् : ‘आज म, विगत ३ दशकको राजनीतिक उतार चढावमा सबै भन्दा पीडा भोगेको रोल्पामा छु । जनताले,राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेका छन् । जनताले समृद्धिको ढोका खोजिरहेका छन् ।’ उनले संविधानमा धेरै सबल र उन्नत लोकतान्त्रिक पक्षहरू भए पनि केही संरचनागत व्यवस्थाहरूले राज्यलाई बोझिलो बनाएको दाबी समेत गरेका छन् । यद्यपि संविधान स्वयंले नै लोकतान्त्रिक प्रक्रियाद्वारा संशोधनको बाटो खुला राखेको उनले बताएका छन् ।
उनले लोकतान्त्रिक व्यवस्थाको सदुपयोग गर्दै यो संविधान देश र जनतालाई समृद्धिको बाटोमा अगाडि लैजाने साधन बनोस भन्दै सबैलाई संविधान दिवसको शुभकामना समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण