मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

शिक्षकसँग तत्काल वार्ता गर्न एमाले सचेतक बर्तौलाको आग्रह

बुधबार, ०३ असोज २०८०, १३ : ५१
बुधबार, ०३ असोज २०८०

काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले आन्दोलनरत शिक्षहरुसँग सरकारले तत्काल वार्ता गरेर निकास खोज्नुपर्ने बताएका छन् ।  सचेतक बर्तौलाले शिक्षकहरुले अघि सारेका जायज माग पुरा हुनुपर्ने भन्दै आन्दोलनप्रति समर्थन समेत रहेको जनाएका छन् । 

‘संसदमा दर्ता भएको शिक्षा विधयेक २०८० का सन्दर्भमा नेपाल शिक्षक महासंघले  आन्दोलन मार्फत उठाएका अधिकांश मागहरु समग्र सार्वजनिक शिक्षा प्रति नागरिकको भरोसा, बिश्वशनियता र गुणस्तरीयता वृद्धि गर्न तथा शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउन उपयुक्त रहेको देखिन्छ’, बुधबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘एउटा सांसद हुँदाको नाताले बिधयेक भित्र बसेर उपयुुक्त कानुन निर्माणको प्रक्रियामा सक्रिय सहभागी हुने र भूमिका निर्वाह गर्ने विषय छदैछ तर पनि नेपाल शिक्षक महासंघले उठाएका मागहरुलाई विधेककको अंग बनाएर अगाडि बढ्न सरकार तयार हुनुपर्दछ र त्यसको लागि सरकारले आज नै प्रतिबद्धता व्यक्त गर्नुपर्दछ ।’ 

सचेतक बर्तौलाले विद्यार्थीहरुको पढ्न पाउने अधिकारप्रति पनि आन्दोलनरत नेपाल शिक्षक महासंघले ध्यान पुर्याउनुपर्नेमा जोड दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप