नदीजन्य पदार्थ उत्खनन र सङ्कलनमा रोक लगाइयो

कञ्चनपुर । भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र बिक्री वितरण गर्ने कार्यमा रोक लगाएको छ । नगरपालिका क्षेत्र भित्रका नदी, खोला लगायतबाट अर्को निर्णय नभएसम्मका लागि नदीजन्य पदार्थ ढुङ्गा, बालुवा, गिट्टी, ग्राभेल र माटो उत्खननमा रोक लगाएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीका अनुसार महाकाली नदीको हकमा इआइएको कार्य सुदूरपश्चिम प्रदेशस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अध्ययनका क्रममा रहेको छ ।
महाकाली नदीबाहेक अन्य नदी तथा खोलाहरुको हकमा आइइइ रिभ्युका क्रममा रहेकाले हाललाई नदीजन्य पदार्थको उत्खनन सङ्कलन र बिक्री वितरणका लागि ठेक्का बन्दोबस्तको कार्य गर्न केही समय लाग्ने भएकाले अर्को निर्णय नहँुदा सम्मका लागि रोक लगाइएको प्रमुख प्रशासकीय अधिकृत गौलीको भनाइ रहेको छ ।
यसैबीच दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले शुक्लाफाँटा नगरपालिका–१० झलारीमा बहुउद्देश्यीय कभर्डहल निर्माणको अगाडि बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको हवाई आक्रमण पछि अहिलेसम्म के भयो ?
-
जग्गा भोगाधिकारको विवादले बसपार्क स्तरोन्नतिमा समस्या
-
न्याय परिषद् नियमावली संशोधनविरुद्धको रिट संवैधानिक इजलासमा
-
सुदूरपश्चिमकै ‘सान’ हुनुपर्ने बसपार्कको दुरवस्था
-
प्रदेशसभाको अधिवेशन जेठ ४ गते आह्वान गर्ने निर्णय
-
सुनको मूल्य तोलामा १ हजार ७०० बढ्यो, कतिमा हुँदैछ कारोबार ?