संविधानले दिएका अधिकारको कार्यान्वयन नहुँदा जटिलता आयो : मुख्यमन्त्री चौधरी
बुटवल । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाइएको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा दाङमा प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको हो ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले दिएका अधिकारहरू कार्यान्वयन नहुँदा जटिलता आइरहेको बताए ।
उनले संविधानले तोकेको अधिकार संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन नचाहेको बताए । यसले संघीयता कार्यान्वयनमा समस्या रहेको उनको दाबी छ ।
संविधान कार्यान्वयनमा संघीय सरकारले बाधा पुर्याइरहेको भन्दै उनले संविधान अनुसार अधिकार बाँडफाँट हुनुपर्ने बताए ।
उनले भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने, सबै खाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको बताए ।
संविधान कार्यान्वयनका विषयमा सबै निकायबीच समन्वय र सहकार्य हुनुपर्ने उनको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुनी जटिलताले पूर्वाधार विकास रोकियो, समय अभावले अध्यादेशको बाटो रोज्नुपर्यो’
-
बालेन र सुदनसँग नेकपा एमालेले एक–एक हिसाब राखेको छ : सचिव बस्नेत
-
सगरमाथामा पाइला टेक्दा...
-
सहकारीलाई संकटबाट बाहिर ल्याउन सरकार कठोर हुनुपर्ने अवस्था आयो: मन्त्री रावल
-
बागमतीको बजेट बहुमतले पारित
-
शुक्लाफाँटामा ‘ग्रीन एण्ड क्लीन’ अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण