अभ्यासका क्रममा घाइते भएपछि ललित राजवंशीले एसियाली खेलकुद गुमाउने
काठमाडौँ । चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताअघि नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर ललितनारायण राजवंशी घाइते भएका छन् । एसियाली खेलकुद सुरु हुन एक साताभन्दा पनि कब समय बाँकी रहँदा ललित घाइते भएका हुन् ।
२४ वर्षीय बायाँ हाते स्पिनर ललित बुधबार अभ्यासका क्रममा घाइते भएका हुन् । उनको शल्यक्रिया गर्नुपर्ने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । उनको ‘राइट क्लाभिकल’ (काँधको हड्डी) भाँचिएको बताइएको छ ।
ललितले अब एसियाली खेलकुदमा सहभागिता जनाउन पाउने छैनन् । एसियाली खेलकुदमा नेपालले पुरुष क्रिकेटमा भाग लिएको छ । एसियाली खेलकुदमा पुरुष क्रिकेट प्रतियोगिता सेप्टेम्बर २७ देखी अक्टोबर ७ तारिखसम्म सञ्चालन हुनेछ ।
नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर २७ मा मंगोलियासँग खेल्नेछ । नेपालले दोस्रो खेल अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ । टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशले भने सिधै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश पाएका छन् ।
नेपालको अन्तर्राष्ट्रिय सफलताहरूमा ललितले महत्त्वपूर्ण योगदान पुर्याएका छन् । ललितले हालसम्म देशका लागि २० वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको १९ पालीमा २८ विकेट लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन २० रन दिएर पाँच विकेट हो ।
यसअघि प्रकाशित समाचारमा नेपालको खेल तालिका भुलवश गलत पर्न गएकाले सच्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण