आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बैंकहरुमाथि अर्थमन्त्रीको आक्रोश– ब्याजदर बढाएर लगानीको वातावरण बिथोल्ने चेन ब्रेक गर्न आवश्यक छ

बिहीबार, ०४ असोज २०८०, १४ : ५७
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले  बैंकहरुमाथि आक्रोश व्यक्त गरेका छन् । सरकार लगानीको वातावरण बनाउँदै उत्पादनमा केन्द्रित हुनेगरी अघि बढिरहे पनि यसको विपरीत बैंकहरुले ब्याजदर बढाएर लगानीको वातावरण बिथोल्ने काम गरिरहेको अर्थमन्त्री डा.महतले  बताए । 

यस्तो लगानीको वातावरण बिथोल्ने तत्त्व र तीनको चेन ब्रेक (तोड्न) आवश्यक रहेको अर्थमन्त्री महतले बताए  ।

‘अर्थतन्त्र चलायमान बन्दै गएको छ, बढ्दो रेमिटान्सले मुलुकभित्र पुँजी वृद्धि गरिरहेको छ । तर, बैंकहरुले निरन्तर बढाएको ब्याजका कारण लगानीको वातावरण बिथोल्ने काम भइरहेको छ’ अर्थमन्त्री महतले भने, ‘यस्तो तत्त्व र चेन ब्रेक गर्न आवश्यक छ ।’ 

निक्षेप तथा कर्जा सुरक्षण कोषको संवरण वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् । १७ लाख ऋणी र निक्षेपकर्ताको वित्तीय सुरक्षण गरिरहेको कोषले थप दायरा र दायित्व बढाउनुपर्ने उनले बताए ।

हाल कोषले लघु वृत्त, साना तथा मझौला, कृषि, पशुपन्छी, सहुलियतपूर्ण कर्जाका साथै निक्षेपको समेत सुरक्षण गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप