बैंकहरुमाथि अर्थमन्त्रीको आक्रोश– ब्याजदर बढाएर लगानीको वातावरण बिथोल्ने चेन ब्रेक गर्न आवश्यक छ
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकहरुमाथि आक्रोश व्यक्त गरेका छन् । सरकार लगानीको वातावरण बनाउँदै उत्पादनमा केन्द्रित हुनेगरी अघि बढिरहे पनि यसको विपरीत बैंकहरुले ब्याजदर बढाएर लगानीको वातावरण बिथोल्ने काम गरिरहेको अर्थमन्त्री डा.महतले बताए ।
यस्तो लगानीको वातावरण बिथोल्ने तत्त्व र तीनको चेन ब्रेक (तोड्न) आवश्यक रहेको अर्थमन्त्री महतले बताए ।
‘अर्थतन्त्र चलायमान बन्दै गएको छ, बढ्दो रेमिटान्सले मुलुकभित्र पुँजी वृद्धि गरिरहेको छ । तर, बैंकहरुले निरन्तर बढाएको ब्याजका कारण लगानीको वातावरण बिथोल्ने काम भइरहेको छ’ अर्थमन्त्री महतले भने, ‘यस्तो तत्त्व र चेन ब्रेक गर्न आवश्यक छ ।’
निक्षेप तथा कर्जा सुरक्षण कोषको संवरण वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् । १७ लाख ऋणी र निक्षेपकर्ताको वित्तीय सुरक्षण गरिरहेको कोषले थप दायरा र दायित्व बढाउनुपर्ने उनले बताए ।
हाल कोषले लघु वृत्त, साना तथा मझौला, कृषि, पशुपन्छी, सहुलियतपूर्ण कर्जाका साथै निक्षेपको समेत सुरक्षण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण