नेत्र ज्योति संघले टिकटक प्रतियोगिता गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
काठमाडौँ । नेपाल नेत्र ज्योति संघले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता गर्ने भएको छ ।
यही असोज २५ गते अर्थात अक्टोबर १२ तारिख दिन विश्व दृष्टि दिवसको अवसरमा संघले सो प्रतियोगिताको आयोजना गर्न लागेको नेत्र ज्योति संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले जानकारी दिए ।
उक्त प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने टिकटक भिडियोलाई नगद रु ५० हजार सहित संघले सम्मान गरिने उनले बताए । प्रतियोगीले आँखा स्वास्थ्यमा केन्द्रित भई जनचेतनामूलक भिडियो निर्माण गर्नुपर्नेछ ।
पछिल्लो समय युवादेखि बृद्धसम्म सबै उमेर समूहका व्यक्तिहरू माझ लोकप्रिय भइरहेको टिकटक मार्फत आम नागरिकलाई आँखाको महत्त्व र आँखा स्वास्थ्यका विषयमा जनचेतना जगाउने उद्देश्य यो प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
प्रतियोगीले असोज २३ गते ५ बजेसम्ममा भिडियोको लिंक पठाउन सक्ने संघका महासचिव भरत बहादुर चन्दले बताए । त्यसपछि प्राप्त लिंकलाई प्रतियोगितामा समावेश नगरिने संघका महासचिव चन्दले बताए । यस्तै, विजेताको घोषणा असोज २५ गते विश्व दृष्टि दिवसको दिन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)
-
‘पुष्पा २’ को प्रिमियरमा भएको भागदौड प्रकरण : अल्लू अर्जुनलाई आफै अदालतमा उपस्थित हुन आदेश
-
नेटफ्लिक्सले समय रैनाको ‘इन्डियाज गट लेटन्ट’ ल्याउँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
बङ्गलादेशी भूमिमा अस्ट्रेलियाको पहिलो सिरिज जित, रेनश र डेविड नायक
-
ऋषभ पन्त पारिश्रमिक घटाएर दिल्ली क्यापिटल्स फर्किँदै, कुलदीप यादव लखनउ जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण